१७ जेठ, काठमाडौं । एसिया कप-२०२३ क्रिकेट आयोजना गर्नका लागि श्रीलंकाले प्रस्ताव गरेको छ ।
एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने तय भए पनि भारतले पाकिस्तान गएर खेल्न अस्वीकार गर्दा अनिश्चित भएको छ ।

पाकिस्तानले पनि आयोजना स्थल सार्न नमानिरहेका बेला श्रीलंकाले एसिया कप आयोजनाका लागि प्रस्ताव गरेको हो ।
सोमबार श्रीलंका क्रिकेट बोर्डले एसीसीले स्वीकृति दिए एसिया कप आयोजना गर्न आफूहरु तयार रहेको बताएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



