२०८३ जेष्ठ २१ बिहीबार

राष्ट्रियसभामा टेबल भयो बजेट

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात बजेट वक्तव्य संसद्मा टेबल भएको छ । सोमबार बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट टेबल गरेका हुन् ।

यसअघि, आजै अर्थमन्त्री महतले आगामी आर्थिक वर्षका लागि बजेट पेस गरेका थिए । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा उनले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट वाचन गरेका थिए ।

बजेट प्रतिनिधिसभामा टेबल भएसँगै मंगलबारदेखि विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल जेठ २१, २२, २३ गते छलफल हुनेछ । अर्थमन्त्री महतले जेठ २३ गते बजेटमाथि उठेका प्रश्नको जवाफ दिनेछन् ।

२०८० जेष्ठ १५, सोमबार प्रकाशित 0 Minutes 306 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।