२०८३ जेष्ठ २१ बिहीबार

कर्मचारीको तलब बढेन, सबै प्रकारका भत्ता कटौती

काठमाडौं । सरकारले ल्याएको नयाँ बजेटमा कर्मचारीको तलबमान विगतकै कायम गरिएको छ । कर्मचरीले पाउने रकम भने कटौती हुने भएको छ ।

कर्मचारीले पाउने पोसाक भत्ता, प्रोत्साहन भत्ता, महँगी भत्ता तथा अत्तिरिक्त समय भत्तासमेत कटौती गरिएको छ ।

बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशरण महतले भने, “स्रोतमा परेको चापलाई मध्यनजर गरी आगामी आर्थिक वर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्तासहित भत्ता खारेज गरेको छु ।”

सरकारले आगामी आर्थिक वर्षमा कर्मचारीका लागि नयाँ दरबन्दी स्वीकृत नगर्ने नीति पनि बजेटमार्फत सार्वजनिक गरेको छ ।

“सबै सरकारी सेवा, नियामक निकाय र सार्वजनिक संस्थानमा आगामी आर्थिक वर्ष नयाँ संरचना र दरबन्दी सिर्जना गरिने छैन,” अर्थमन्त्रीले भनेका छन्, “सार्वजनिक प्रशासनको विद्यमान संरचना र दरबन्दीको पुनरवलोकन गरी छरितो बनाइने छ ।”

उनले सम्बन्धित मन्त्रालय र निकायले आगामी आर्थिक वर्षको मंसिर महिनाभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गर्ने बताएका छन् । यसवर्ष सरकारले ल्याएको १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेटमा २० वटा समिति तथा बोर्ड खारेज गर्दै अन्य समान प्रकृतिका संस्थाको मर्जर नीति पनि लिएको छ ।

“इन्धन, कार्यालयसम्बन्धी सामानलगायत प्रशासनिक खर्चमा मितव्ययिता कायम गरिने छ,” अर्थमन्त्री महतले भने, “सवारी सुविधा पाउने सबैलाई निश्चित रकम दिने व्यवस्था गरिने छ ।”

२०८० जेष्ठ १५, सोमबार प्रकाशित 0 Minutes 388 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।