२०८३ जेष्ठ २९ शुक्रबार

लोककल्याणकारी विज्ञापन नरोकिने

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले लोककल्याणकारी विज्ञापन नरोकिने स्पष्ट पारेकी छन् । मन्त्रीको तर्फबाट सञ्चार विज्ञ नरेन्द्र केसीले बुधबार जारी गरेको विज्ञप्तिमा चालु आर्थिक वर्षको विनियोजित रकम अपुग हुन गएकाले यसका लागि थप रकमको व्यवस्था गरिने र विज्ञापन वितरण कार्यक्रम निरन्तर हुने स्पष्ट पारेका हुन् ।

जेठ ९ गते पत्रकार महासंघको ज्ञापनपत्र बुझ्दै  पनि मन्त्री शर्माले लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको कुनै नीति नरहेको र नरोकिने प्रतिबद्धता व्यक्त गरिसकेको केसीले स्मरण गराएका छन् ।

‘२०८० जेठ ९ गते महासंघको ज्ञापनपत्र बुझ्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माज्यूले लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको कुनै नीति नरहेको र नरोकिने प्रतिबद्धता व्यक्त गरिसक्नुभएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘चालु आर्थिक वर्षको विनियोजित रकम अपुग हुन गएकाले यसका लागि थप रकमको व्यवस्था गरिने र आगामी दिनमा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रम निरन्तर हुने मन्त्रीज्यूले स्पष्ट गरिसक्नुभएको ब्यहोरा सम्बद्ध सबैमा अनुरोध गर्न चाहन्छु ।’

विज्ञप्तिमा नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिले लोककल्याणकारी विज्ञापनको सन्दर्भमा गरेको आन्दोलनप्रति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण भएको पनि उल्लेख छ ।

२०८० जेष्ठ १०, बुधबार प्रकाशित 0 Minutes 310 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।