२०८३ जेष्ठ २९ शुक्रबार

कचनकवलमा पानी तान्ने मोटर चोरी गर्ने दुई जना पक्राउ

कचनकवल । झापाको कचनकवलमा पानी तान्ने मोटर चोरी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका- ७ स्थित सितागढी घर भएका अन्दाजी २० वर्षीय उत्सव कटुवाल र सोही स्थानका अन्दाजी २३ वर्षीय  ज्ञानबहादुर लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरूलाई कचनकवल-७ स्थित बालुबाडीबाट पक्राउ गरिएको हो । शनिवार राति ११ बजेको समयमा फर्साडाँगीबाट पानी तान्ने मोटर चोरी गरेर भाग्दै गर्दा उनीहरूलाई स्थानीयले पक्राउ गरी इलाका प्रहरी कार्यालय बनियानीलाई जिम्मा लगाएका थिए ।

२०८० जेष्ठ ७, आईतवार प्रकाशित 1 Minute 316 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।