२०८१ बैशाख १७ सोमबार

मेचीनगरमा सार्वजनिक सुनुवाइ

काँकरभिट्टा, ४ जेठ । मेचीनगरमा जिल्ला प्रहरी कार्यालय झापाकाे आयाेजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएकाे छ ।

समुदाय, प्रहरी र साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी कार्यालयमा नागरिकका कामहरु कसरी सहज बनाउने भन्ने विषयमा विभिन्न सरोकारवालासँग सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो । विहिबार मेचीनगर-६ स्थित काँकरभिट्टाकाे खानेपानी सभाहलमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रम विभिन्न व्यक्तिले सुझावहरु राखेका थिए ।

कार्यक्रमका सहभागीले प्रहरी मेरा साथीको नारालाई व्यवहारमा लागु गर्न सुझाव दिएका थिए। सिमा नाकामा हुने चोरी निकासी, लागुऔषध प्रयोग कर्ताको हैरानी, प्रहरीको अनावश्यक झन्झटिलो व्यवहारका कारण जनताले पाएका दुख, प्रहरी र नागरिककाे सहकार्य भएमा समाज राम्रो ह्रुने सुझाव दिएका थिए।

सहभागीले उठाएका प्रश्नको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गाराज रेग्मी, मेचीनगरका मेयर गोपाल चन्द्र बुढाथोकी, उपप्रमुख मिना उप्रतीले जवाफ दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गाराज रेग्मीले स्थानीय सरकारसँग समन्वय गरेर प्रहरीले कसरी काम गर्ने भन्ने उद्देश्यले नै यो कार्यक्रम ल्याइएको उनले बताए । उनले भने, ‘स्थानीय सरकारसँग समन्वयमा काम गर्ने योजना अनुरुप सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको यसले यसले अपराध अनुसन्धान र नियन्त्रणमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

२०८० जेष्ठ ४, बिहीबार प्रकाशित 1 Minute 190 Views

ताजा समाचार