२०८३ जेष्ठ २९ शुक्रबार

पासाङ ल्हामु शेर्पाका श्रीमान् सोनामले पनि चुमे सगरमाथा, ३० वर्षपछि पूरा भयो सपना

नेपालको पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाका श्रीमान् तथा यती समूहका अध्यक्ष सोनाम शेर्पाले पनि सगरमाथाको सफल आरोहण गरेका छन् । आज बिहान ७ बजेर ३४ मिनेटमा सोनामले सगरमाथाको चुचरोमा पाइला टेकेको उनकी छोरी दावाफुटी शेर्पाले जानकारी दिइन् ।

यसअघि श्रीमती पासाङसँगै सगरमाथाको शिखर चुम्ने सोनामको प्रयास असफल भएको थियो । दुवै जना सगरमाथा आरोहणका लागि गएकोमा सोनाम क्याम्प २ बाटै फर्केका थिए । तर, पासाङले २०५० वैशाख १० गते सगरमाथा आरोहण गरेकी थिइन् ।

शिखर चुमेर फर्किने क्रममा उनको निधन भएको थियो । सोनामले यसअघि ६वटा महादेशका अग्ला हिमाल आरोहण गरिसकेका छन् ।  सगरमाथासमेत आरोहण गरेर उनले सातवटै महादेशका अग्ला हिमाल आरोहण गर्ने आफ्नो सपना पूरा गरेका छन् ।

२०८० जेष्ठ ३, बुधबार प्रकाशित 0 Minutes 367 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।