२०८१ बैशाख १८ मंगलवार

मदन आश्रित स्मृति दिवस मनाइँदै, कहिले खुल्ला रहस्यकाे पर्दा ?

झापा । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय निधन भएको दिनको सम्झनामा आज मदन आश्रित स्मृति दिवस मनाइँदैछ । २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जिप दुर्घटना परी दुवै नेताको निधन भएको थियो ।

यो रहस्यमय दुर्घटनाको पर्दा अझै उघारिएको छैन । नेकपा एमालेले आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मदन आश्रित दिवस मनाउँदै छ । यस्तै नेकपा एकीकृत समाजवादीले पनि दिवस मनाउँदै छ ।

जनताको बहुदलीय जनबाद (जबज) सिद्धान्तका प्रतिपादक नेताको रूपमा भण्डारीलाई चिनिन्छ । सो सिद्धान्त प्रतिवादन गरेपछि भण्डारीलाई अमेरिकी सञ्चारमाध्यमहरूले जिवित ‘कार्ल मार्क्स’ भनेर सम्बोधन गरेका थिए ।

३० वर्षअघि भएकाे याे घटनाकाे सत्य तथ्य छानबिन गर्ने नेताहरूले बताउँदै आएका छन् । तर अहिलेसम्म वास्तविकता बाहिर आउन सकेकाे छैन । एमाले नेताहरूले नै सत्ताको नेतृत्व गर्दा पनि उक्त दुर्घटनाको खासै खोज अनुसन्धान नगरेकाे भन्दै आलाेचना हुने गर्छ । शिलापत्र

२०८० जेष्ठ ३, बुधबार प्रकाशित 0 Minutes 99 Views

ताजा समाचार