२०८३ जेष्ठ २९ शुक्रबार

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार

धनगढी । कञ्चनपुरमा गस्तीमा खटिएका सशस्त्र प्रहरीका एक प्रहरी नायब निरीक्षकमाथि खुकुरी प्रहार भएको छ ।

दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा रहेको बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) नरेन्द्र चैंसिरमाथि शुक्रबार राति खुकुरी प्रहार भएको हो ।

चैंसिरको बायाँ पाखुरामा चोट लागेको छ । स्थानीय केही युवाले राति साढे १० बजे चैंसिरमाथि खुकुरी प्रहार गरेका प्रहरीले जनाएको छ ।

स्थानीय युवाको एक समूहले होहल्ला गरेपछि सम्झाउन खोज्दा उनीमाथि खुकुरी प्रहार भएको प्रहरीको भनाइ छ । खुकुरी प्रहार गर्ने युवाको समूह फरार रहेको छ ।

२०८० बैशाख २३, शनिबार प्रकाशित 0 Minutes 307 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।