२०८३ जेष्ठ २९ शुक्रबार

झापामा ब्राउन सुगरसहित २ महिला पक्राउ

भद्रपुर नगरपालिका–८ स्थित विमानस्थलमा सुरक्षामा खटिएका प्रहरी टोलीले बुद्ध एयरको जहाजबाट काठमाडौं जान लागेका उनीहरुमाथि चेकजाँच गर्ने क्रममा निजले प्रयोग गर्ने भित्री बस्त्र (पेन्टी) भित्र २ वटा प्याडको बिच भागमा प्याड आकारको साइज बनाई लुकाई लैजान लागेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले ७६ ग्राम ३४० मिलि ग्राम ब्राउन सुगर, नेपाली नागरिकता र मोबाइल बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

२०८० बैशाख २२, शुक्रबार प्रकाशित 0 Minutes 564 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।