२०८१ बैशाख १५ शनिबार

इटाभट्टाको गारमेन्ट उद्योगमा आगलागी, १ करोड बढीको क्षति

मेचीनगर । झापाको मेचीनगर-७ इटाभट्टास्थित गारमेन्ट उद्योगमा आगलागी भएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी दिपक भारतीका अनुसार उद्योगका अध्यक्ष नगेन्द्र खरेलले सञ्चालन गरेको ’वेस्टन फेसन एपारेल’मा लागेको आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा आएको हो ।

प्रहरीका अनुसार बैसाख २० गते बुधबार राती ८ बजेबाट लागेको आगो निभाउन मेचीनगर नगरपालिकाको २ वटा दमकल प्रयोग गरिएको थियो ।

त्यस्तै, नेपाल प्रहरी,  मेचीनगरका नगर प्रहरी, आगो नियन्त्रणका लागि खटिएका थिए ।

आगलागीबाट कुनै मानवीय क्षति नभए पनि करिब १ करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । उद्योगका अध्यक्ष खरेलका अनुसार उधोगमा विद्युत सर्ट भई आगो लागेको थियो ।

२०८० बैशाख २१, बिहीबार प्रकाशित 1 Minute 746 Views

ताजा समाचार