२०८३ जेष्ठ २१ बिहीबार

रविलाई प्रचण्डको आग्रह : सरकारमा आउनुहोस् भ्रष्टाचारका फाइल खोल्न तयार छु

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आग्रह गरेका छन्।

सोमबार बिहान प्रेस सेन्टरले चितवनमा आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले रास्वपा सरकारमा आए आफू भ्रष्टाचारको जुनसुकै फाइल खोल्न तयार भएको बताएका हुन्।

‘तपाईँ आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुपर्‍यो म तयार छु,’ प्रधानमन्त्री प्रचण्डले भने।  सरकारमा आउने विषयमा लामिछाने पनि सकारात्मक रहेको प्रचण्डको भनाइ छ।

उनले कोशी प्रदेशको नामकरणको आन्दोलनमा सत्तारुढ दल सहभागी नभएको दाबी पनि गरेका छन्।  प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित आक्रामणमा सत्तारुढ दलको संलग्नता नरहेको प्रष्ट पारे।

‘केपी ओलीजी पूर्व जाँदा केही आक्रामणको प्रयास भएको बुझियो। त्यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ। त्यसमा कोशी प्रदेश नामाकरणसँग असहमति राख्नेहरू छन् तर सत्तारूढ दलको संस्थागत विरोध भन्ने कुरा चाहिँ विल्कुलै होइन । त्यो झुटो कुरा हो,’ प्रचण्डले भने, ‘तर एमाले अध्यक्ष ओलीले प्रदर्शनमा पूर्वराजपरिवारमा आस्था राख्ने मानिसहरू रहेको गर्नुभएको छ, त्यो चाहिँ निकै संवेदनशील विषय हो।’

प्रचण्डले आफ्नो सरकार पाँचै वर्ष टिक्ने जिकिर गर्दै हल्लाको पछि नलाग्न पनि आग्रह गरे।

२०८० बैशाख १८, सोमबार प्रकाशित 0 Minutes 375 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।