२०८१ बैशाख १७ सोमबार

विद्यार्थीहरु बीच लागु औषध र दुव्र्यसनीविरुद्धको सचेतना कार्यक्रम

मेचीनगर । मेचीनगर-७ स्थित अरनिको माविमा लागुऔषध र दुव्र्यसनीबिरुद्धको कार्यक्रम सम्पन्न भएको छ ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको आयोजनामा सम्पन्न सो कार्यक्रममा प्रहरी नायब उपरिक्षक दीपक भारतीले लागु औषध र साईबर अपराधका बारेमा जानकारी गराएका थिए ।

विद्यालय ८ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई भारतीले सचित्र जानकारी गराएका थिए ।

सो कार्यक्रममा मेचीनगर वडा नं ७ का वडा अध्यक्ष प्रल्हादमणी ओली र मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले समुदाय र प्रहरी बिचकाे समन्वय सहकार्यका बिषयमा प्रष्टयाएका थिए ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत यस प्रकारका चेतनामूलक कार्यक्रम आगामी दिनमासमेत निरन्तर रुपमा संचालन गरिरहने भारतीले बताए ।

कार्यक्रममा विद्यालयव्यवस्थापन समिति, अभिभावक, र सयाैं बिधार्थीकाे सहभागिता रहेकाे थियाे।

२०८० बैशाख १७, आईतवार प्रकाशित 1 Minute 182 Views

ताजा समाचार