२०८३ जेष्ठ २९ शुक्रबार

दमकमा सवारी दुर्घटना : मोटरसाइकल चालकको मृत्यु, एकजना घाइते

दमक । दमक नगरपालिका–९, बरगाछी स्थित राजमार्गमा शनिबार राति सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०१–०१५ प ४२५१ नम्बरको स्कुटरलाई सोही दिशाबाट जाँदै गरेको प्र १–०२–०४३ प ८५२३ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक उर्लाबारी नगरपालिका–३ बस्ने ३० वर्षीय विवेक धिमालको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको निम्स अस्पताल दमकमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा स्कुटर चालक सोही ठाउँ बस्ने ३४ वर्षीय सोवित तामाङ घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

२०८० बैशाख १७, आईतवार प्रकाशित 0 Minutes 385 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।