२०८३ जेष्ठ २९ शुक्रबार

झापाका पुराना चिया उद्यमी श्यामानन्दको निधन

झापा ।  झापाका पुराना चिया उद्यमी श्यामानन्द सिंह राजवंशीको निधन भएको छ । साबिक महेशपुर गाविस हाल भद्रपुर नगरपालिका- ७ स्थित रंगियाडाँडा निवासी राजवंशीको ८७ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि बिरामी परी घरमै थला परेका उनको घरमै शनिवार बेलुका साढे ५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको पार्थिव शरिरलाई आइतबार दिउँसो २ बजे धार्मिक परम्परा अनुसार बुधकरण बगान नजिकैको देउनियाँ नदीमा दाहसंस्कार गर्ने कार्यक्रम रहेको छ । झापामा २०१६ सालमा चिया खेतीको सुरुवातसँगै बुधकरण निजी क्षेत्रको पहिलो बगान हो । राजवंशी बुधकरण एन्ड सन्स टी कम्पनी प्रालिका संस्थापक हुन् । उनका दुई छोराहरू राजेन्द्रकुमार सिंह र भूपेन्द्रकुमार सिंह रहेका छन् । राजेन्द्रकुमार बुधकरण टी प्याकेजीङ प्रालिका सञ्चालक हुन् ।

२०८० बैशाख १७, आईतवार प्रकाशित 1 Minute 393 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।