खोटाङ । पहिचान पक्षधरहरुले दिक्तेल बजारमा बुधबार प्रदर्शन गरेका छन् । उनीहरुले किरात फोर्सको मार्च पाससहित शुभम फाउन्डेशनबाट सुरु र्याली किरातचोक, बेसक्याम्प, त्रिवेणीचोक, बैंकचोक, भानुचोक हुँदै भवन गैह्रमा कोण गरे । प्रदर्शनकारीले मानवअधिकार चोकस्थित जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयको साइनबोर्डमा लेखिएको कोशी प्रदेश मेटाएका छन् ।
कोणसभामा बोल्दै वक्ताहरुले पहिचानको आधारमा नामांकन नगरिए आन्दोलन चर्काउने बताएका छन् । जिल्लाका सबै पालिकामा संघर्ष समिति गठन गरी आन्दोलन सुरु गरिएको संयुक्त संघर्ष समितिका संयोजक युगसन किरातले बताए । ‘जिल्लादेखि पालिकासम्म संघर्ष समिति बनाएका छौं,’ किरातले भने, ‘अब सबै वडामा समेत संघर्ष समिति बनाएर आन्दोलन गर्छौं ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



