२०८३ जेष्ठ २८ बिहीबार

शिक्षक अमृताले ल्याइन् ‘चैतु काका’

झापा । मेचीनगर-९ निवासी शिक्षक अमृता पाठक चौंलागाईले ‘चैतु काका’ कथा संग्रह प्रकाशनमा ल्याएकी छिन् ।

उनको कथा संग्रह आगामी वैशाख २३ गते लोकार्पण हुने भएको छ । चौंलागाईंको पहिलो साहित्यिक कृतिका रुपमा प्रकाशित कथा संग्रहमा १६ वटा कथा समावेश गरिएका छन् ।

कथा संग्रहमा समेटिएका कथाहरुमा विशेषत सामाजिक परिवेश र नारीप्रधान विषयवस्तु समेटिएको कथा संग्रहका लेखक चौंलागाईले जानकारी दिइन् । भुँडीपुराण प्रकाशन काठमाडौंद्वारा प्रकाशित कथा संग्रहकी लेखक चौलागाईं मेचीनगर-९ स्थित कविशिरोमणि माविमा शिक्षकका रुपमा कार्यरत छिन् ।

२०८० बैशाख १३, बुधबार प्रकाशित 1 Minute 831 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।