२०८१ बैशाख १६ आईतवार

बारा–२, कुशवाहले लिए अग्रता

झापा, ११ बैशाख । मधेशवादी दल लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले गठबन्धनको उम्मेदवार विरुद्ध जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाको खुलेर समर्थन गरेका छन् । उनले आफु निकट कार्यकर्तालाई समेत सो निर्देशन दिएको श्रोतले बताइरहँदा जनमत पार्टीका उम्मेदवारले सुरुवाती चरणमा अग्रता लिएका छन् ।
पाँच दलीय गठबन्धन अर्थात् वर्तमान सत्ताधारी सरकार भित्रका गठबन्धनबाट साझा उम्मेदवारको रुपमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई बारा निर्वाचन क्षेत्र नम्वर–२ मा बनाइएको छ । तर, उक्त गठबन्धन मध्येका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एवं प्रखर वक्ता राजेन्द्र महतो यादवलाई नभई जनमतका कुशवाहाप्रति आफ्नो समर्थन जनाएको श्रोतको दाबी छ ।
राजेन्द्र महतोले वास्तविक रुपमा उम्मेदवार कहीँ पनि बन्न सकिन्छ । तर, जुन उम्मेदवार भुगोल, भाषा, संस्कृति, रितिरिवाज, बुझ्ने वास्तविक धर्तीपुत्र भएमा मात्रै सम्भव हुन्छ । ती कुराहरु उपेन्द्रमा नभई जनमतका शिवचन्द्र कुशवाहा वास्तविक धर्तीपुत्र रहेको हुँदा उनलाई नै नैतिक समर्थनको साथै आफू नजिकका कार्यकर्तालाई कुशवाहालाई सघाउन निर्देशित गरिसकेको बताइएको छ ।
राजेन्द्र महतोको यसप्रकारको नैतिक समर्थनबाट बारा–२ मा उपेन्द्रको विदाइ तथा कुशवाहाको उदय हुने अटकलबाजी गरिएको छ । निर्वाचनमा आयातित उम्मेदवारप्रति खासै रुचि नदेखाएका बाराका जनता यसपाली जातिवादको बहानामा जित्ने नेतालाई पाखा लगाउन सक्ने सुरुवाती मतगणनाबाट संकेत देखिएको छ । यद्यपि कसले जित्ला भन्नका लागि मत परिणाम कुर्नुपर्ने देखिन्छ ।

२०८० बैशाख ११, सोमबार प्रकाशित 0 Minutes 226 Views

ताजा समाचार