२०८३ जेष्ठ २८ बिहीबार

पाल्पामा बस दुर्घटना : एक महिलाको मृत्यु, १८ जना घाइते

पाल्पा : पाल्पामा आइतबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। घाइते १८ जनाको उद्धार गरिएको छ।

घाइतेहरूको अवस्था गम्भीर रहेको उनले बताए। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

बस भीरमा अड्किएको अवस्थामा छ। अन्य यात्रुको उद्धार भइरहेको छ। यात्रु कति थिए भन्ने यकिन भइनसकेको उनले बताए।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै दुर्घटना भएको हो।

२०८० बैशाख १०, आईतवार प्रकाशित 0 Minutes 305 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।