२०८१ बैशाख १६ आईतवार

निर्वाचन आयोगको निर्देशन– सर्वदलीय बैठकका नाममा कानुनविपरीतका निर्णय खारेज गर्नू

काठमाडौं । सर्वदलीय बैठकका नाममा कानुनविपरीत गरिएका निर्णय खारेज गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । निर्वाचनको स्वच्छता कायम राख्न आयोगले निर्देशन दिएको हो ।

बारा क्षेत्र नम्बर–२ अन्तर्गत देवताल गाउँपालिका–२ स्थित सिँचाइ अफिस मतदान केन्द्र ‘क’ र ‘ख’मा मतदान अधिकृतसहितको सर्वदलीय/सर्वपक्षीय बैठकबाट मतदानको समय बढाउने, अशक्तको नाममा कानुनविपरीत हुने गरी अरू व्यक्तिले मतदान गर्न सक्ने र उमेदवारका मतदान प्रतिनिधि छनोट गर्नेलगायत निर्णयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

शनिबार विज्ञप्ति जारी गर्दै आयोगले यस्ता निर्णयहरू बदर गर्न निर्देशन दिएको छ । “…निर्वाचनसम्बन्धी प्रचलित कानुन, निर्देशिका, कार्यविधि तथा आयोगको निर्देशनविपरीतका यस्ता निर्णयहरू बदर गरी प्रचलित कानुनबमोजिम मात्र हुने गरी प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्ने/गराउने व्यवस्था हुन मुख्य निर्वाचन अधिकृतमार्फत सबै मतदान अधिकृतहरूलाई आयोग निर्देशन गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।

कानुन र निर्देशनविपरीत निर्णय गर्ने व्यक्तिलाई कारबाही गर्ने आयोगले चेतावनी समेत दिएको छ ।

आइतबार (भोलि) बारा–२ सँगै चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुँदै छ । बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको आयोगले जनाएको छ ।

विज्ञप्ति पढ्नोस्–

9 +Image1682175248.jpg

 

२०८० बैशाख ९, शनिबार प्रकाशित 1 Minute 150 Views

ताजा समाचार