२०८३ जेष्ठ २८ बिहीबार

ओमन हिँडेका मेचीनगरका तीन महिला समातिए

झापा । रोजगारीका लागि विदेश हिँडेका मेचीनगरका तीन महिलासहित ४ जनालाई भारतको मुम्बई प्रहरीले पक्राउ गरेको छ । भारत हुँदै अवैध रूपमा ओमन जान हिँडेका मेचीनगरका तीन महिलासहित ४ जनालाई भारतको मुम्बई अन्तर्राष्ट्रिय एयरपोर्टको सहारा प्रहरी थानाले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मेचीनगर-७, मदन वस्तीकी ३२ वर्षीया सुनिताकुमारी राजवंशी, २९ वर्षीया लीलकुमारी राजवंशी र ३२ वर्षीया देवन्ती ताजपुरिया तथा दाङ तुलसीपुरकी २२ वर्षीया मेधवी नेपाली रहेका छन् । मेचीनगरका तीनैजना महिला १० दिनअघि नेपालको पासपोर्ट बोकेर भारत हुँदै ओमन जाने भनेर घरबाट हिँडेका थिए ।

दलालको फन्दामा परी आकर्षक तलब दिने भन्दै अवैध बाटो रोजी विदेश हिँडेका ती महिलालाई सहारा प्रहरी थानाले ‘नो अब्जेक्सन लेटर’ (एनओसी) फेल भएको भनेर पक्राउ गरेको थियो । पछिल्लो समय भारत हुँदै तेस्रो देश जाने नेपाली नागरिकका लागि नेपाल सरकारले ‘नो अब्जेक्सन लेटर’ अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ ।

२०८० बैशाख ८, शुक्रबार प्रकाशित 1 Minute 741 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।