२०८१ बैशाख १७ सोमबार

नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन रूस तयार

काठमाडौं । रूसले जीटूजीमार्फत नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन तयार भएको बताएको छ ।

रूसको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोले नेपाललाई रासायिक मल र गहुँ उपलब्ध गराउन तयार रहेको जानकारी दिए ।

रुसी उपप्रधानमन्त्री चेर्निसेन्कोले नेपाल सरकारले चाहेको अवस्थामा जिटुजीमार्फत मल र गहुँ उपलब्ध गराउन तयार रहेको बताए । त्यसका लागि नेपालले मन्त्रिपरिषद्बाट निर्णय गरेर प्रक्रिया अगाडि बढाउन उनले आग्रह गरे ।

अध्यक्ष तिमिल्सिना र उपप्रधानमन्त्री चेर्निसेन्कोबीच भएको भेटमा नेपाल र रुसबीचको सिधा हवाई सेवा सुचारु गर्ने, रुसमा नेपाली विद्यार्थीको शिक्षाको लागि कोटा बढाउने, सबवे, रेलमार्ग, मोटरवे र जलविद्युत् आयोजना निर्माणमा पूर्वाधार निर्माणमा सहयोग गर्ने विषयमा पनि छलफल भएको थियो ।

२०८० बैशाख ८, शुक्रबार प्रकाशित 0 Minutes 112 Views

ताजा समाचार