२०८३ जेष्ठ २८ बिहीबार

हर्क साम्पाङविरुद्ध वडाध्यक्षहरुले दिए अख्तियारमा उजुरी

धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बिहीबार सामाजिक सञ्जालमार्फत नगरका प्रमुख साम्पाङले आफूविरुद्ध वडाअध्यक्षहरुको उजुरी दिएको बताएका छन् ।

खानेपानी सहयोग अभियानका कारण उनीविरुद्ध वडाध्यक्षहरूले अख्तियारमा उजुरी हालेको बताइएको छ ।उनले यस विषयमा आफूलाई सहयोग गर्न अनुरोधसमेत गरेका छन्।

‘जनताले स्वस्फूर्त दिएको सहयोग लिएर धरानको खानेपानी समस्या समाधान गर्न खोज्दा मलाई मेरा विरोधीहरूले अख्तियारमा उजुरी दिएका छन्’, मेयर साम्पाङले बिहीबार लेखेका छन्, ‘यो बारेमा आम धराने जनता र आम नेपाली जनता बोल्नुपर्ने बेला आयो।’

२०८० बैशाख ७, बिहीबार प्रकाशित 0 Minutes 368 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।