२०८१ बैशाख १७ सोमबार

गौरादहमा आगलागी, ३० लाख बढीको क्षति

झापा । झापाको गौरादह–४ मियाटोली निवासी कृष्ण ढुङ्गेलको घरमा बिहीबार दिउँसो आगलागी हुँदा ३० लाख बढीको क्षति भएको छ ।

दिउँसो ३ बजे घरमा कोही नभएको बेला घरको माथिल्लो तलाबाट आगो सुरु भएको थियो । आगलागीबाट घर र घरभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।

घरबाट मोटरसाइकल र ग्यास सिलिन्डर मात्र निकाल्न सफल भएको र अरू सबै जिन्सी, नगद, गरगहना ,धान चामल, भाँडाकुँडा, फर्निचरलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको जनाइएको छ ।

आगलागीबाट घरछेउको परालको कुन्यूसमेत जलेर नष्ट भएको छ । गौरादह नगरपालिका ,कमल गाउँपालिका र दमक नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।आगलागी बिद्युत् सर्ट भएर लागेको हुन सक्ने आशङ्का गरिएको छ ।

२०८० बैशाख ७, बिहीबार प्रकाशित 0 Minutes 166 Views

ताजा समाचार