२०८३ जेष्ठ २८ बिहीबार

झापाबाट ३ जना फरार प्रतिवादी पक्राउ

झापा । प्रहरीले झापाबाट ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५२ वर्षीय दिनानाथ बंशल, ३८ वर्षीय नरबहादुर कार्की उर्फ साइँला दाई र ३१ वर्षीय बुद्ध राई सोरेन उर्फ सुवास छन् ।

दिनानाथ बंशललाई चेक अनादर मुद्दामा अदालतले १० दिन कैद र १ हजार जरिवाना तोकेको छ । झापाको मेचीनगर नगरपालिका–९ घर भएका नरबहादुर कार्कीलाई बालयौन दुरुपयोग मुद्दामा ३ महिना कैद र २५ सय जरिवाना हुने फैसला गरेको छ । कार्कीले पीडितलाई ३० हजार क्षतिपूर्ति भर्नुपर्ने जिल्ला अदालत झापाको ठहर छ ।

कर्तव्यज्यान मुद्दामा बुद्ध राई सोरेनलाई जिल्ला अदालत झापाले १ महिना कैद सजाय हुने फैसला गरेको छ । पक्राउ परेकाहरूलाई जिल्ला अदालतको आदेशले कारागार चलान गरिएको झापाका एसपी दुर्गाराज रेग्मीले बताए ।

२०८० बैशाख ४, सोमबार प्रकाशित 0 Minutes 473 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।