२०८१ बैशाख १७ सोमबार

झापाबाट ३ जना फरार प्रतिवादी पक्राउ

झापा । प्रहरीले झापाबाट ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५२ वर्षीय दिनानाथ बंशल, ३८ वर्षीय नरबहादुर कार्की उर्फ साइँला दाई र ३१ वर्षीय बुद्ध राई सोरेन उर्फ सुवास छन् ।

दिनानाथ बंशललाई चेक अनादर मुद्दामा अदालतले १० दिन कैद र १ हजार जरिवाना तोकेको छ । झापाको मेचीनगर नगरपालिका–९ घर भएका नरबहादुर कार्कीलाई बालयौन दुरुपयोग मुद्दामा ३ महिना कैद र २५ सय जरिवाना हुने फैसला गरेको छ । कार्कीले पीडितलाई ३० हजार क्षतिपूर्ति भर्नुपर्ने जिल्ला अदालत झापाको ठहर छ ।

कर्तव्यज्यान मुद्दामा बुद्ध राई सोरेनलाई जिल्ला अदालत झापाले १ महिना कैद सजाय हुने फैसला गरेको छ । पक्राउ परेकाहरूलाई जिल्ला अदालतको आदेशले कारागार चलान गरिएको झापाका एसपी दुर्गाराज रेग्मीले बताए ।

२०८० बैशाख ४, सोमबार प्रकाशित 0 Minutes 256 Views

ताजा समाचार