इटहरी । नेकपा एकीकृत समाजवादीका सचिव राजेन्द्र कुमार राईले कोशी प्रदेश सरकार चाँडै अल्पमतमा पर्ने बताएका छन् ।
प्रदेशमा जेठको पहिलो हप्ता भित्रमा नयाँ सरकार बनि सक्ने संकेत दिँदै पूर्व मुख्यमन्त्री राईले संघीय गठबन्धन अनुसार प्रदेशमा सरकार निर्माणको पहल भइरहेको बताए । नेकपा (एकीकृत समाजवादी)का सचिवसमेत रहेका राजेन्द्र कुमार राईले सरकारमा सहभागि दलले एक हप्ताभित्र राजीनामा दिने तयारी भइरहेको बताए ।

नेकपा एस मोरङको पार्टी कार्यालयमा विराटनगरमा संचारकर्मीहरूसँग कुराकानी गर्दै नेता राईले सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल भइसकेकोले चाँडै निकास दिने आश्वासन दिएको उनले बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



