२०८३ जेष्ठ २१ बिहीबार

कोशी प्रदेश : मन्त्री राजभण्डारीको घरमा तोडफोड प्रयास गर्नेहरुको पहिचान

झापा । कोशी प्रदेशका मन्त्री बुद्धिकुमार राजभण्डारीको पेप्सीकोला स्थित घरमा गएर तोडफोड गर्न खोज्नेहरुबारे प्रहरीले अनुुसन्धान गरिरहेको छ । बुधवार दिउँसो प्रदेशका सामाजिक विकाश मन्त्री राजभण्डारीको घरमा गएर नाराबाजी र तोडफोड गर्न खोज्नेहरुको पहिचान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रदेश–१ लाई कोशी प्रदेश नामांकरण गरेको विरोधमा पेप्सीकोलामा भेला भएका करिब एक दर्जन मानिसहरुले मन्त्री राजभण्डारीबिरुद्ध नारबाजी गर्दै घरमा तोडफोड गर्ने प्रयास गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले भने– ‘तोडफोड प्रयास गर्नेहरुको पहिचान गरेका छौं, छिट्टै कानुनी दायरामा ल्याउँछौं ।’ घटनामा संलग्नहरुलाई प्रहरीले खोजी गरिरहेको छ ।

२०७९ चैत्र २९, बुधबार प्रकाशित 0 Minutes 424 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।