२०८१ बैशाख १७ सोमबार

रहेनन् पत्रकार पारस तिम्सिना

झापा, २७ चैत । झापाका पत्रकार पारस तिम्सिनाको आज दिउँसो निधन भएको छ ।

बिर्तामोड–३ निवासी ३५ वर्षीय तिम्सिना केही दिनअघि लडेर टाउकामा रगत जमेपछि विरामी परेका थिए ।

उपचारको क्रममा बिर्तासिटी हस्पिटलमा उनको आज निधन भएको हो ।

उनकी श्रीमती र एक छोरा राजन तिम्सिना १४ वर्षका छन् । बिर्तासिटी हस्पिटलका चिकित्सकहरुले उनको टाउकाको विभिन्न भागमा रगत जमेको बताएका थिए ।

केही दिनअघि लडेर घाइते भएका तिम्सिना आज विहान एक्कासी वेहोस भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

हितैषी र निडर स्वाभावका धनी पत्रकार तिम्सिना मुलुकमा माओवादी आन्दोलन चलिरहेका बेला भूमिगत रुपमा समेत पत्रकारितामा सक्रिय थिए ।

२०७९ चैत्र २७, सोमबार प्रकाशित 0 Minutes 443 Views

ताजा समाचार