खोटाङ । प्रदेशसभा सदस्य पाँचकर्ण राईलाई दुर्व्यवहार गर्ने चार जना पक्राउ परेका छन् । दिक्तेलमा आयोजित जिल्ला समन्वय समितिको छैटौं जिल्लासभास्थलमै शनिबार दुर्व्यवहार गर्ने युगसन किरात, डार्विन चाम्लिङ, सप्तमणि राई र सुनिल चाम्लिङ पक्राउ परेका हुन् ।
कोसी प्रदेश विरूद्धमा आन्दोलनरत उनीहरु मन्चमै गएर विज्ञप्ति वाचन, नाराबाजी गर्ने, कालो झन्डा देखाउँदै सांसदलाई दुर्व्यवहार गर्ने क्रममा पक्राउ परेका हुन् । उनीहरूलाई केही समयपछि सम्झाइबुझाई गरी छाडिएको प्रहरी नायव उपरीक्षक मन्जिल मुकारूङले बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



