२०८१ बैशाख १६ आईतवार

सहारा नेपाल धुलाबारीको अध्ययन भ्रमण

झापा, २३ चैत । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था धुलाबारी सेवा केन्द्रले शेयर सदस्यलाई अध्ययन अवलोकन भ्रमण गराएको छ ।

धुलाबारीबाट बुधबार प्रस्थान भएको टोलीको पाँच दिने पोखरा-मुस्ताङ टुर प्याकेज तय भएको हो । धुलाबारीबाट ३२ जना अध्ययन तथा अवलोकन भ्रमणमा निस्किएको धुलाबारी सेवा केन्द्रका कार्यालय प्रमुख अरुण श्रेष्ठले जानकारी दिए । शेयर सदस्यलाई मुख्य सहर तथा पर्यटकीय क्षेत्रको अवलोकन गराइने उनले बताए ।

अध्ययन भ्रमणका क्रममा टोलीले मुक्तिनाथ दर्शन, मार्फा भिलेज अवलोकन, कागबेनी दर्शन, जोमसोम घुमघाम, तातोपानी तथा पोखराको पर्यटकीय तथा धार्मिक क्षेत्र लगायतको भ्रमण गर्नेछ । सहारा नेपाल साकोसले हरेक वर्ष शेयर सदस्यलाई अध्ययन भ्रमण गराउँदै आएको छ ।

२०७९ चैत्र २३, बिहीबार प्रकाशित 1 Minute 461 Views

ताजा समाचार