२०८१ बैशाख १८ मंगलवार

चीनद्वारा रसुवागढी नाकाबाट स्थलमार्ग हुँदै पर्यटक आवागमन खुला

 

चीनले रसुवागढी नाकाबाट स्थलमार्ग हुँदै पर्यटक आवागमन खुला गरेको छ । कोभिड–१९ महामारीका कारण नेपाल सरकारले ११ चैत २०७६ मा सबै अन्तर्राष्ट्रिय नाका बन्द गर्ने घोषणा गरेको चीनले तीन वर्षपछि मानव आवागमन खुला गरेको हो ।

आज एक नेपाली टोली उक्त नाकाबाट चीन प्रवेश गरेसँगै आवागमन औपचारिक रुपमा खुला भएको नेपालका लागि चिनियाँ राजदूत छेन सङले जानकारी दिएका छन् । नाकाबाट चीन प्रवेश गरेको नेपाली टोलीलाई स्वागत गर्दै उनले दुईतर्फी रुपमा मानिसको आवागमन खुलाले द्विपक्षीय सहयोग र जनताबीचको सम्बन्ध अझ गहिरो हुने उल्लेख गरेका छन् ।

शनिबार २५ देखि ३० कन्टेनर सामान पैठारी हुन सक्ने बताइएको छ । केरुङ जान नेपाल–चीन सीमा पास नवीकरण तथा नयाँ बनाउन शनिबार बिहान ६ बजेदेखि नै अध्यागमन कार्यालय खुला रहने अध्यागमन कार्यालय रसुवागढी रसुवाका अध्यागमन अधिकृत कृष्णप्रसाद पौडेलले बताए । सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयात–निर्यात बन्द थियो । पछि कोभिड देखिएपछि रसुवागढी नाका भएर हुने आयात–निर्यात थप प्रभावित बन्यो । पछि ०७७ असार २२ बाट भने पुनः सामान आयात थालिएको थियो, निर्यात भने ठप्प थियो ।

२०७९ चैत्र १८, शनिबार प्रकाशित 1 Minute 204 Views

ताजा समाचार