अमेरिकाको दक्षिणी राज्य अर्कान्सासमा शुक्रबार आएको विनाशकारी आँधीका कारण तीन जनाको मृत्यु भएको छ । आँधीमा परी दर्जनौं मानिस घाइते भएका छन् । आँधीका कारण उत्तरपूर्वी इलिनोइस, उत्तरपश्चिम इन्डियाना, दक्षिणी विस्कॉन्सिन र लेक मिशिगनका २ करोड ८० लाख मानिस प्रभावित भएको अमेरिकी खबर माध्यमहरुले जनाएका छन् ।

प्रभावित क्षेत्रमा ११० किलोमिटरभन्दा बढी हावाको गति र ठूलो असिना पर्न सक्ने खतरा रहेको बताइएको छ । आँधीका कारण अर्कान्सासमा विद्युत आपूर्ति ठप्प भएको बताइएको छ । राज्यका धेरै ठाउँमा रुख ढलेका कारण सवारी आवागमन समेत प्रभावित भएको जनाइएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



