२०८१ बैशाख १७ सोमबार

रास्वपाको ३ जिल्लामा उम्मेदवार घोषणा :को कहा बाट भिड्दैछन ?

 

आसन्न प्रतिनिधिसभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार घोषणा गरेको छ । पार्टी कार्यालयमा शनिवार पत्रकार सम्मेलन गर्दै रास्वपाले चितवनमा २ मा रवि लामिछाने, बारा २ मा रमेश खरेल र तनहुँ १ मा स्वर्णिम वाग्लेलाई पार्टीको उम्मेदवार बनाएको घोषणा गरेको हो । सो अवसरमा बोल्दै पार्टी सभापति रवि लामिछानेले खरेल र वाग्लेजस्ता व्यक्ति रास्वपामा अटाउनु गौरवको कुरा भएको बताए । उनले आगामी आम निर्वाचनपछि रास्वपाले दुई तिहाई बहुमतको सरकार बनाउने कल्पना आफूले गरेको पनि बताए ।

अध्यक्ष लामिछानेले आफ्नो पार्टीले बहुमत ल्याएपछि राम्रा नीति बन्ने र नयाँ पुस्ताको भविष्य सुनिश्चित हुने दिन आउने दाबी समेत गरे । सो अवसरमा तनहुँ १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले पैसाले राजनीतिलाई विकृत बनाइरहेको बताए । उनले मालदार मन्त्रालयमा १० औं करोडको डिल हुने गरेको दाबी समेत गरे ।

त्यस्तै, रास्वपाबाट बारा निर्वाचन क्षेत्र नम्बर २ को उम्मेदबार बनेका रमेश खरेलले राजनीतिक सिन्डीकेटतन्त्रको बिरुद्धमा सबै एक हुनुको विकल्प नरहेको बताए ।नेता खरेलले नेपाल आमालाई जोगाउन चाहने सबै एक ठाउँमा उभिनुपर्ने जिकिर समेत गरे ।

 

२०७९ चैत्र १८, शनिबार प्रकाशित 1 Minute 179 Views

ताजा समाचार