२०८१ बैशाख १७ सोमबार

नेता–कार्यकता मुलुकको समस्या समाधान गर्न लाग्नुपर्छ : अध्यक्ष नेपाल

भद्रपुर, १७ चैत । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको हरेक समस्या पहिचान र समाधान गर्न नेता-कार्यकर्ता लाग्नुपर्नेमा जोड दिएका छन् ।

नेकपा (एकीकृत समाजवादी) पार्टी, स्कूल विभाग झापाको आयोजनमा भद्रपुरमा शुक्रबारदेखि शुरु भएको २ दिने ‘अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम’मा सम्बोधन गर्दै अध्यक्ष नेपालले मुलुकको समग्री विकास लागि अवरोधका रुपमा रहेका समस्या समाधान गर्न नेता कार्यकता लाग्नुपर्नेमा जोड दिए ।

“देशको समस्या पहिचान, कारण र समाधानका लागि लाग्नुपर्छ”, उनले भने, “त्यसका लागि नयाँ सोच, आँट र हिम्मत जरुरी छ ।” त्यसका लागि आँट र हिम्मत भएको नेता-कार्यकर्ता हुन जरुरी रहेको बताए ।
मुलुकको राजनीतिक कोर्ष फेर्न आफूहरुले योगदान गरेको चर्चा गर्नुहुँदै उनले सोको जिउँदो इतिहास रहेको बताए । नेता कार्यकर्तालाई निराश नभई नयाँ सोच, ऊर्जाका साथ अघि बढ्न निर्देशन समेत दिए ।

पुराना पुस्ताबाट अब युवा पुस्ताले जिम्मेवारी लिनुपर्नेमा जोड दिँदै युवा पुस्तालाई प्रोत्साहन गर्दै अघि बढ्नुपर्ने उल्लेख गरे । पठन संस्कृतिको विकास गर्दै समाज, देशसँगै अन्तर्राष्ट्रिय कुरा जान्न, बुझ्न कार्यकर्तालाई सुझाव दिए ।

असल संस्कारसहित देशको गरिमा अघि बढाउन सचेत कम्ष्युष्टि योद्धाहरु अघि बढुनुपर्ने बताउँदै उनले भने, “कम्युनिष्ट र देश भक्त हामी हौं ।”

पार्टीका झापा अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो दिन आज पार्टीका अध्यक्ष नेपाल, उपाध्यक्ष झनेन्द्र बस्नेत र उपमहासचिव जगन्नाथ खतिवडा प्रशिक्षण दिएका थिए भने भोलि आइतबार बरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र कोशी प्रदेश कार्यबाहक अध्यक्ष धनर्मराज पौडेल प्रशिक्षण दिने पार्टीका जिल्ला सचिवालय सदस्य तीर्थ सिग्देलले जानकारी दिए ।

२०७९ चैत्र १७, शुक्रबार प्रकाशित 1 Minute 237 Views

ताजा समाचार