२०८३ जेष्ठ २८ बिहीबार

सुराकीको नाममा खर्च गर्न पाउने नियमावली खारेज

काठमाडौं – नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका छन् । शुक्रवार गृहमन्त्रीको रुपमा पद बहाली गर्दै मन्त्री श्रेष्ठले पहिलो निर्णयको रुपमा गृहमन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका हुन् ।

उनले मिटरब्याजी पीडितहरुको समस्या समाधान गर्नका लागि सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने फाइलमा पनि हस्ताक्षर गरे । मन्त्री श्रेष्ठले आफूले गरेको निर्णय पारित गर्नका लागि मन्त्रिपरिषद्मा लैजाने बताए । मन्त्री श्रेष्ठले मातहतका कर्मचारीहरुलाई समयको पालना गर्न निर्देशन समेत दिए ।मन्त्री श्रेष्ठले आफुलाई कुनैपनि प्रकारको चाकरी नगर्न र उपहार लिएर नआउन पनि आग्रह गरे ।

२०७९ चैत्र १७, शुक्रबार प्रकाशित 1 Minute 361 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।