२०८३ जेष्ठ २८ बिहीबार

मेचीनगरमा कोशी प्रदेश नामकरणको विरोधमा तालाबन्दी

मेचीनगर । प्रदेशको नामाकरणविरूद्ध आन्दोलनरत पक्षले शुक्रबार मेचीनगर नगरकार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ ।

प्रदेशको नाम कोशी राख्दा पहिचान नसमेटिएको भन्दै प्रदेश पुन नामाङ्कन संघर्ष समितिले आन्दोलनको कार्यक्रम अन्तर्गत शुक्रबार मेचीनगर नगरपालिका कार्यालयको मुख्य ढोकामा ताला लगाएर विरोध जनाएको संघर्ष समितिका मेचीनगर संयोजक ओमप्रकाश खापुङले बताए ।

नगरपालिकाका कर्मचारीलाई बाहिर राखेर तालाबन्दी गरेको खापुङले जानकारी दिए । तालाबन्दीपछि सम्बोधन गर्दै संयोजक खापुङ, नेता केवलराम राईलगायतका बक्ताहरूले पहिचानलाई समेटिने मात्रै प्रदेशको नामकरण गर्नु पर्ने बताएका थिए । कोशी हटाएर पहिचान सहितको प्रदेशको नामाकरण नहुन्जेल आन्दोलन जारी राख्नेसमेत उनीहरुले बताए ।

२०७९ चैत्र १७, शुक्रबार प्रकाशित 0 Minutes 1120 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।