२०८१ बैशाख १५ शनिबार

माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ आजबाट शुरु, पाँच लाखभन्दा बढी विद्यार्थीको सहभागिता

 

काठमाडौ –यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आजवाट शुरु भएको छ । आज बिहान ८ बजेदेखि देशभरका २ हजार ३७ परीक्षा केन्द्रबाट एसईई शुरू भएको हो । पहिलो दिन आज अनिवार्य अंग्रेजी विजयको परीक्षा सञ्चालन भएको छ । यस वर्षको एसईई परीक्षामा सहभागी हुनका लागि देशभरबाट ५ लाख १६ हजार ५ सय ९१ जना विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयमा कक्षा १० को रजिस्ट्रेसन फारम बुझाएका छन् ।

काठमाडौं उपत्यकासहित देशभर नै एसईई परीक्षा केन्द्रित सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडौंका विभिन्न विद्यालयहरुमा एसईई परीक्षालाई मध्यनजर गरेर परीक्षा केन्द्र तोकिएको छ । ६ वटा अनिवार्य विषयका प्रश्नपत्र प्रदेशअनुसार फरक–फरक तयार पारिएको छ रु। उत्तरपुस्तिकाको व्यवस्थापन प्रदेश निर्देशनालयले गरेका छन्रु। ७ हजार २ सय ६५ सामुदायिक र ४ हजार ५ सय ६४ निजी गरी ११ हजार ४ सय २९ विद्यालयका विद्यार्थी एसईईमा सहभागी भएका छन् ।

२०७९ चैत्र १७, शुक्रबार प्रकाशित 1 Minute 197 Views

ताजा समाचार