२०८३ जेष्ठ २८ बिहीबार

झापाले जित्यो कोसी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि

कोसी प्रदेश स्तरीय आमन्त्रित १६ औं रामनवमी कप भलिबल प्रतियोगिताको उपाधि भलिबल संघ झापाले जितेको छ । हिले भलिबल क्लब धनकुटाको आयोजनामा सम्पन्न प्रतियोगितामा भोजपुर भलिबल संघलाई पराजित गर्दै झापाले नगद एक लाख र मेडल हात पारेको छ ।उपविजेता बनेका भोजपुरले नगद ५० हजार र मेटल प्राप्त गरेको छ । उक्त प्रतियोगितामा कोसी प्रदेश धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, मोरङ, सुनसरी, खोटाङ, र झापाको सहभागिता रहेको थियो ।

२०७९ चैत्र १६, बिहीबार प्रकाशित 0 Minutes 494 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।