२०८१ बैशाख १७ सोमबार

रामनवमीको अवशरमा मर्यादा पुरुषोत्तम श्रीरामको पूजा आराधना

 

काठमाडौ – चैत्रशुक्ल नवमी अर्थात् रामनवमी। सनातन हिन्दु धर्मावलम्बीहरूले भगवान् रामको पूजाअर्चना गरी यो पर्व मनाउँदै छन् । रामनवमीमारामको चरित्र वर्णन गरिएका भागवतलगायतका पुराण, रामायणलगायतका ग्रन्थ पाठ गर्ने पनि परम्परा छ ।

रुरामनवमीको अवसरमा उनको जन्मभूमि अयोध्या र ससुराली जनकपुर क्षेत्रमा उत्सव हुने गर्दछ । काठमाडौंमा बत्तीसपुतली र पाशुपतक्षेत्रस्थित राममन्दिरमा भक्तजनको घुइँचो लागेको छ । रामनवमीकै दिन वासन्ती नवरात्र पूरा हुन्छ । भगवान् विष्णुको सातौँ अवतारको रूपमा त्रेतायुगमा अयोध्यामा जन्मिएका राम मर्यादा पुरूषका रूपमा परिचित छन् ।

अयोध्याका राजा दशरथका जेष्ठ पुत्रका रूपमा कौशल्याको गर्भबाट यही तिथिमा रामको जन्म भएको श्रीमद्भागवत महापुराण नवमस्कन्ध दशौं अध्यायमा उल्लेख छ । उनले रावणलगायतका आसुरी शक्तिको अन्त्य गरी पृथ्वीमा शान्ति ल्याएको इतिहास पुराणमा उल्लेख छ । रुकर्तव्यपालनाको दृष्टान्त दिँदा राम र लोककल्याणकारी राज्यको उदाहरण दिँदा रामराज्यको उल्लेख गरिन्छ । मधेस प्रदेशमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

 

२०७९ चैत्र १६, बिहीबार प्रकाशित 1 Minute 190 Views

ताजा समाचार