काठमाडौँ । सरकारले मिटरब्याजलाई अपराध मान्दै आवश्यक कानुन बनाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजललाई अपराध मानेर कानुन बनाउँदै पीडितलाई आवश्यक कारबाही गर्ने गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
त्यसका लागि अपराध संहिता २०७४ लाई संशोधन गर्न आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । मिटरब्याजी पीडितहरूले आफूहरूले न्याय पाउनुपर्ने माग गर्दै काठमाडौँ आएर आन्दोलन थालेपछि सरकारले गम्भीरता देखाउँदै आवश्यक निर्णय गरेको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



