२०८१ बैशाख १६ आईतवार

मेची सामुदायिक सेवा केन्द्र: पद हस्तान्तरण तथा नयाँ नेतृत्वलाई सपथ

काँकरभिट्टा । मेचीनगरको प्रतिष्ठित सामाजिक संस्था मेची सामुदायिक सेवा केन्द्रको पद हस्तान्तरण कार्यक्रम सप्पन्न भएको छ ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा शनिबार आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेले नवनिर्वाचित समितिका पदाधिकारीलाई पद तथा गोपनियताको सपथ गराए ।

सपथ ग्रहण लगत्तै धन्यवाद तथा प्रतिवद्धता मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष मुक्ति पौडेलले आम मतदाताले दर्शाएको आशा र भरोसा टुट्न नदिने बताए । ‘उत्कृष्ट काम गर्न सकिएन भने पनि निकृष्ट काम गर्दैनौं, पौडेलले भने- सामाजिक चेतना र न्याय स्थापित गराउन हामी लागि पर्ने छौं ।’

कार्यक्रममा अध्यक्ष पौडेल, उपाध्यक्ष बालकृष्ण थापा, महासचिव खडानन्द भण्डारी, सचिव अर्जन राई, कोषाध्यक्ष रोमा थापा, सदस्य सजित तामाङ, रमेश कटुवाल, मिरा कार्की, नेत्र प्रसाद पराजुली, सुदर्शन खड्का, शशि राईलगायतले पद तथा गोपनियताको सपथ खाएका थिए । सपथ लिँदा सम्बन्धित पदाधिकारीका पति/पत्नी एकैसाथ राखेर सामुहिक सपथ खुवाईएको थियो ।

सो अवसरमा प्रमुख अतिथि नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक भारतीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

निर्वाचन समितिका सदस्य राजु कार्कीले संचालन गरेको कार्यकमको अध्यक्षता संयोजक घिमिरे तथा समापन मन्तव्य समितिका अर्का सदस्य ओमप्रकाश खापुङले गरेका थिए ।

संस्थाको आगामी तीन वर्षे नयाँ कार्यकालका लागि गत चैत ७ गते मंगलबार निर्वाचन सम्पन्न भएको थियो ।

२०७९ चैत्र ११, शनिबार प्रकाशित 1 Minute 504 Views

ताजा समाचार