२०८३ जेष्ठ २१ बिहीबार

राहुल गान्धीको लोकसभाको सदस्यता रद्द

भारतमा कंग्रेस नेता राहुल गान्धीको लोकसभाको सदस्यता रद्द गरिएको छ । चार वर्ष पुरानो मानहानीको घटनालाई लिएर नेता राहुलविरुद्ध भएको सजायको एक दिनपछि शुक्रबार लोकसभा सचिवालयले सदस्यता रद्द गरेको हो ।

यसअघि बिहीबार राहुललाई सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको घटनामा २ वर्षको सजाय सुनाएको थियो । अदालतले गान्धीलाई १५ हजार जरिवाना पनि तोकेको छ । तर उनलाई फैसलाविरुद्ध अदालतमा अपिल गर्नका लागि एक महिनाको समय दिइएको छ ।

२०७९ चैत्र १०, शुक्रबार प्रकाशित 0 Minutes 336 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।