२०८३ जेष्ठ २८ बिहीबार

बिर्तामोडबाट लागू औषधसहित एक जना नियन्त्रण

झापा । बिर्तामोड नगरपालिका वडा नम्बर-३ बिर्ताबजार–घैलाडुब्बा भित्री सडक खण्डमा पैदल हिडिरहेका एक जनालाई प्रहरीले लागू औषधसहित पक्राउ गरेको छ ।

प्रहरी चौकी बिर्ता बजारको प्रहरी टोलीले बिर्तामोड नगरपालिका वडा नं.२ का  २६ बर्षिय दयालाल राजबंशीलाई लागू औषधसहित नियन्त्रणमा लिएको हो ।

पैदल यात्री राजवंशीलाई शंका लागेर चेक जाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ १ ग्राम ८०० मिलि ग्राम फेला परेको थियो । उनको साथबाट लागू औषध फेला परेपछि राजवंशीलाई उनको साथमा रहेको नगद ६ हजार ७५० रुपैयाँ र साम्सुङ मोबाईल १ थानसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । राजवंशीलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय अनारमनी झापामा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

२०७९ चैत्र ७, मंगलवार प्रकाशित 1 Minute 463 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।