२०८१ बैशाख १७ सोमबार

अमेरिकी राजदूतले भेटे राष्ट्रपति पौडेललाई

 

अमेरिकी राजदूत डिएन आर थम्सनले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्। आज राष्ट्रपति कार्यालय शितल निवासमा राजदूत थम्सन र राष्ट्रपति पौडेलबीच भेटवार्ता भएको हो।

राप्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपति पौडेल र राजदूतबीच भेटवार्ता भएको बताए।उनीहरूबीच नेपाल र अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो।

२०७९ चैत्र ६, सोमबार प्रकाशित 1 Minute 122 Views

ताजा समाचार