२०८१ बैशाख १५ शनिबार

नेपाल उद्योग परिसंघले चैत दोस्रो साता महिला नेतृत्व शिखर सम्मेलन गर्ने

 

नेपाल उद्योग परिसंघले चैत दोस्रो साता महिला नेतृत्व शिखर सम्मेलन गर्ने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा चैत्र ११ र १२ गते दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको जानकारी दिएको हो । सम्मेलनमानेतृत्वमा महिला,अर्थतन्त्रमा महिलाको योगदान र परिवर्तनका संवाहक महिला विषयमा छुट्टै छलफल गरिने परिसंघले जनाएको छ ।

सम्मेलनमा भारत, पाकिस्तान, श्रींलका, बंलादेश, भुटान, माल्दिस र जर्मनी लगायत मुलुकका राजनीति, आर्थिक समाजिक व्यक्तिहरुको सहभागिता रहने छ । सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पु¥याएका दुई जना महिलालाई सम्मान गर्ने भएको छ । त्यस्तै,उद्यमशीलता प्रबद्र्धनका लागि महिला उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रदर्शनी हुनेछ ।

२०७९ चैत्र ६, सोमबार प्रकाशित 1 Minute 191 Views

ताजा समाचार