२०८१ बैशाख १७ सोमबार

बर्दियामा रोकिएन बाघको आक्रमण

 

 

बर्दियामा जंगली बाघको आक्रमण बाट २ जना महिलाको मृत्यु भएको छ । सोमबार दिँउसो घाँस दाउरा गर्न जंगल गएका मधुवन नगरपालिका वडानम्बर ५ गाँउ नम्बर १०का २ महिलालाई बाघले आक्रमण गरेको हो ।मधुवन नगरपालिका वडानम्बर ५ नेपालभारत सीमानामा पर्नै चिरौटे सामुदायीक वनमा बाघको आक्रमणमा परि ५५ बर्षिय समुन्द्रि बूढा क्षेत्री र ५० बर्षिय धनसरी गुरुङ्गको र्मत्यु भएको डिभिजन वन कार्यालय बर्दिया गुलरियाले जानकारी गराएको छ ।

बाघले महिला हरुको घाँटि,टाउको हातमा आक्रमण गरेको स्थानीयले वताएका छन् । लासको मुचुल्का गरि परिवारलाई बुझाउने कार्य भईरहेको डिभिजन वनकार्यलय बर्दियाका सूचना अधिकारी द्रोण शर्माले जानकारी गराएका छन् । घटना घटेको स्थान नेपाल भारत सिमाना भएको हुदा समन्वय गरि बाघको खोजीको लागि क्यामेरा जडान गरिने शर्माले वताएका छन् ।

२०७९ चैत्र ६, सोमबार प्रकाशित 1 Minute 144 Views

ताजा समाचार