२०८३ जेष्ठ २१ बिहीबार

तनहुँ १ र बारा २ मा आगामी वैशाख १० मै उपनिर्वाचन हुन

 

तनहुँ १ र बारा २ मा आगामी वैशाख १० मै उपनिर्वाचन हुने भएको छ । आज बसेको निर्वाचन आयोगको बैठकले तनहुँ १ र बारा २ मा पनि २०८० साल वैशाख १० मै उपनिर्वाचन गराउने निर्णय गरेको हो ।

मंसिर चामा भएको प्रतिनिधिसभाको निर्वाचनमा तनहुँ १ बाट रामचन्द्र पौडेल र बारा २ बाट निर्वाचित जसपाका रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।फागुन २५ मा तनहुँ १ बाट निर्वाचित सांसद पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित सांसद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि यी दुई क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

यसअघि आयोगले नागरिकता विवादसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद पद गुमाएपछि चितवन २ मा वैशाख १० मा उपनिर्वाचन गर्ने निर्णय गरेको थियो ।

२०७९ चैत्र ६, सोमबार प्रकाशित 1 Minute 390 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।