काँकरभिट्टा, चैत ५ । काँकरभिट्टामा जारी इण्डो नेपाल भेट्रान फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार (आज) फ्रिडम फाइटर काठमाण्डौँ र विर्तामोड युनाइटेड झापा बिच प्रतिस्पर्धा हुदैँछ ।
गत फागुन २७ बाट काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेलमा यी दुई टिमबिच प्रतिस्पर्धा हुन लागेको हो ।

फ्रिडम फाइटर काठमाण्डौँ सेमी फाइनल खेलमा मिलनमोर त्रिवेणी साङ्गालाई हराउँदै फाइनलमा आइपुगेको हो भने सौभाग्य युवा फुटबल क्लब बुटवललाई पराजित गर्दै विर्तामोडले फाइनलमा स्थान बनाएको हो ।
काँकरभिट्टा भेट्रान फुटबल क्लबेको आयोजनामा जारी प्रतियोगिताको बिजेताले नगद २ लाख तथा उपबिजेताले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक समितिका महासचिव शेरबहादुर बस्नेतले जानकारी दिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



