२०८१ बैशाख १५ शनिबार

शिक्षक संघ झापाकाे अध्यक्षमा दाहाल

झापा, फागुन २८ । नेपाल शिक्षक संघ झापाको अध्यक्षमा तोया दाहाल ( भाष्कर ) चयन भएका छन् ।
संघको नवौं जिल्ला अधिवेशनबाट दाहाल सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । दाहाल नेपाल शिक्षक महासंघ झापाको सचिव समेत रहेका छन् ।

नेपाली काँग्रेस निकट शिक्षकहरूको संस्थाका रूपमा रहेको संघको उपाध्यक्षमा कुमार खतिवडा र महिला उपाध्यक्षमा धनकुमारी (लता) खरेल, सचिव दिनेशचन्द्र राजवंशी, अर्थसचिव गणेश गिरी चयन भएका छन् ।
पाँच जना सहसचिवमा युवराज कट्टेल, मनकुमारी योङ्हाङ, तुलसा निरौला मैनाली, हरिप्रसाद राजवंशी र रिता निरौला चयन भएको निर्वाचन समितिका सदस्य युवराज ढकालले जानकारी दिए ।

ढकालका अनुसार संघको जिल्ला समिति सदस्यहरूमा टंकप्रसाद भट्टराई, हरीप्रसाद प्रसाई, रूद्रप्रसाद धमला, तेजस्वी पौडेल, देवकी राजबंशी, सिता सिटौला दाहाल र निर्मला पोखरेल चयन भएका छन् ।

संघको जिल्ला अधिवेशनले तेजप्रसाद चौलागाई, लिलाप्रसाद भण्डारी, नरहरी न्यौपाने, कृष्णप्रसाद वन, भरत भट्टराई, मेनुका भट्टराई, भुमादेवी आङदम्बे र फूलहेरा खातुनलाई प्रदेश अधिवेशन प्रतिनिधिका रूपमा चयन गरेको छ । त्यस्तै संघको संघिय अधिवेशन प्रतिनिधिमा नेत्रप्रसाद खरेल, चित्रकला ओली, रूपक दाहाल, बद्री कार्की, भवानीप्रसाद लुइटेंल, कृष्णमाया रिजाल र अनिता रिजाललाई चयन गरेको छ ।

संघको जिल्ला अधिवेशनको उदघाटन नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिर्तामोडस्थित काँग्रेस जिल्ला पार्टी कार्यालयमा शनिबार गरेका थिए ।

२०७९ फाल्गुन २८, आईतवार प्रकाशित 0 Minutes 376 Views

ताजा समाचार