२०८१ बैशाख १६ आईतवार

नामाकरणसँग असन्तुष्ट पहिचानवादीहरूद्वारा आम हड्ताल

झापा, २८ फागुन । कोशी प्रदेशको नामाकरणसँग असन्तुष्ट पहिचानवादीहरूले आइतबार आम हड्ताल गरेका छन् ।

शनिबार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न पहिचानवादी दल र संघ–संस्थाहरूले कोशी प्रदेशमा हड्ताल गरेका हुन् ।

बन्दकर्ताले पूर्वपश्चिम राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् । चोकमा जम्मा भएर बन्द गराएपछि राजमार्गमा सवारीसाधन देखिएका छैनन् ।

प्रदेश सभाले यही फागुन १७ गते बहुमतले प्रदेशको नाम कोशी प्रदेश पारित गरेको थियो । पहिचानवादीहरूले भने पहिचानलाई ख्याल नगरी दलहरूले प्रदेशको नामाकरण गरेकोमा त्यसको विरोध गर्दै आएका छन् ।

कोशी प्रदेशका मुख्य शहरहरु उदयपुर, शोलु बजार, लहान, विराटनगर, धरान, इटहरी, दमक, सुरुङ्गा, बिर्तामोड, धुलाबारी, काँकरभिट्टामा आन्दोलनकारीहरु झण्डा, व्यानर र समूहसहित सडकमा उत्रिएका छन् ।

यातायातका सवारी साधान सडकमा गुडेका छैनन् । यातायात पुरै ठप्प छ भने अधिकांश स्थानमा पसल तथा बजारहरु समेत खुलेका छैनन् ।

२०७९ फाल्गुन २८, आईतवार प्रकाशित 0 Minutes 416 Views

ताजा समाचार